सिटिजन्स बैंकको नाफा डेढ अर्ब नजिक, अरु सूचक कस्ता ?

Advertisement

काठमाडौं । सिटिजन्स बैंकको नाफा डेढ अर्ब नजिक पुगेको छ । बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा एक अर्ब ४८ करोड नाफा आर्जन गर्न सफल भएको हो । एनएफआरएस प्रणाली अनुसार बैंकले सार्वजनिक गरेको असार मसान्तसम्मको अपरिस्कृत वित्तिय विवरण अनुसार गत आवको सोही अवधी भन्दा २६ करोडले बढी नाफा आर्जन गरेको हो ।

२०७५ असार मसान्तमा बैंकले जम्मा १ अर्ब २२ करोड नाफा आर्जन गर्न सफल भएको थियो । बैंकको वितरण योग्य नाफा भने १ अर्ब ११ करोड रुपैंयाँ कायम भएको छ । ८ अर्ब ३७ करोड चुक्ता पुँजी रहेको सिटिजन्सको जगेडा कोषमा २ अर्ब ७७ करोड रुपैंयाँ रहेको छ ।
सिटिजन्सले गत आर्थिक वर्षमा ७० अर्ब निक्षेप संकलन गरेर ६२ अर्ब कर्जा लगानी गरेको छ । बैंकको सीडी रेसियो ७६.७९ प्रतिशतमा कायम छ ।

सिटिजन्सको प्रति सेयर आम्दानी १७.७९ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १४८.८७ रुपैंयाँ कायम छ । बैंकको आधार ब्याजदर ११.७८ प्रतिशत कायम हुँदा स्प्रेड दर भने ३.८४ प्रतिशत छ ।

Advertisement

Advertisement

Advertisement