विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ

Advertisement

काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले उनलाई गए राति काठमाडौंको काँडाघारीबाट पक्राउ गरेको हो ।

माइला लामासँगै रेशम तामाङलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले राजधानीका विभिन्न स्थानमा भएको बम विस्फोटका घटना लामाको निर्देशनमा भएको दाबी गर्दै आएको छ । लामा विप्लव समूहभित्रको एक प्रभावशाली नेता मानिन्छन् ।

विप्लव समूहलाई प्रतिबन्ध लगाउनुअघि विभिन्न समयमा घटना घट्दै आएका थिए । बम आतंक पनि उत्तिकै भएकोे थियो । कतिले त ज्यान नै गुमाउन परेको थियो ।

फागुन २८ गते सरकारले विप्लव समूह्लाई प्रतिबन्ध लगाएयता सो समूहका शीर्ष नेतासहित ५०० भन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । सरकारले विप्लव समूहका गतिविधि विध्वंशकारी रहेको भन्दै रोक लगाएको छ ।

Advertisement

Advertisement

Advertisement