काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार ६५ हजार पाँच सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज पाँच सय रुपियाँले घटेर ६५ हजार रुपियाँ कायम भएको हो ।
त्यसैगरी, महासंघले आज तेजावी सुनको मूल्य प्रतितोलामा ६४ हजार सात सय रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५५ हजार ७३० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५५ हजार ४७५ रुपियाँ कायम गरेको छ ।
त्यस्तै, चाँदीको मूल्य ७६५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६५६ रुपियाँ कायम गरेको छ ।