राफसाफ नगर्ने सेयर लगानीकर्ताहरुको निर्णय, कारोबार भने तत्काल नरोक्ने

Advertisement

काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले राफसाफ नगर्ने निर्णय गरेका छन् । लगानीकर्ताहरुका चार वटा संगठनहरुले पुँजीगत लाभकर सम्बन्धी दुबिधा नहटेसम्म राफसाफ नगर्ने निर्णय गरेको सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए ।

छोटेलाल रौनियार नेतृत्वको नेपाल इन्भेष्टर्स फोरम, उत्तम अर्याल नेतृत्वको सेयर लगानीकर्ता संघ, सेयर बजार दबाव समुह र संरक्षणा चौधरीको संगठनले राफसाफ नगर्ने निर्णय गरेका हुन् । उनीहरुले सेयर कारोबार भने तत्काल नरोक्ने निष्कर्ष पनि निकालेका छन् ।

लगानीकर्ताहरुले आजै अर्थ सचिव र राजश्व सचिवलाई भेटेर आफ्ना माग सुनाउने कार्यक्रम पनि तय गरेका छन् । सेयरको पुँजीगत लाभकर गणना बिधीमा असन्तुष्ठि जनाउँदै लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका हुन् । २०७२ माघ २ गते अघिको सेयरमा कुन आधारमा कर लगाउने भन्ने बिषयमा अन्यौलता रहेको छ । सिडिएसले पत्र लेखेर खरिद मूल्यको प्रमाण पेश गर्न भनेपछि लगानीकर्ता आन्दोलनमा छन् ।

chhote-lal-rauniyar

Advertisement

Advertisement

Advertisement