ग्लोबल आइएमईको नयाँ एक्सटेन्सन काउण्टर महेन्द्रनगरको आन्तरिक राजश्वकार्यालयमा

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो २९औं एक्सटेन्सन काउण्टर आन्तरिक राजश्वकार्यालय, महेन्द्रनगरमा संचालनमा ल्याएको छ । उक्त काउण्टरको उद्घाटन आन्तरिक राजश्व कार्यालय, महेन्द्रनगरका प्रमुख कर अधिकृत लेखनाथशर्मा (पंगेनी)ले गरेका छन् ।

सो अवसरमा प्रमुख कर अधिकृत शर्माले बैंकले ग्राहकको सन्तुष्टीलाई मध्यनजर गरी उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गरे । उनले सेवाग्राहीको बढ्दो चापका कारण एक्सटेन्सन काउण्टर खोलिएको जानकारी गराएका थिए ।

यस्तै ग्लोबल आइएमई बैंक महेन्द्रनगर शाखाका शाखाप्रमुख दिपेन्द्रबहादुर सिंहले बैंकले सेवाग्राहीको हितलाई ध्यानमा राखेर काम गर्ने तथा प्रभावकारी सेवाप्रदान गर्ने प्रतिवद्धता गरे । बैंकले सेवाग्राहीको बढ्दो चापर बिस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै एक्सटेन्सन काउण्टरसुरु गरेको जानकारी उनले दिए ।

बैंकले हाल मुलकभर १ सय ३८ शाखा, १ सय ४७ एटिएम, २९ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर र १ सय ६८ शाखा रहित बैंकिङ सेवा, ३ प्रतिनिधि/सम्र्पक कार्यालय मार्फत आफ्ना ११ लाख भन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै बैंकले अत्याधुनिक प्रविधि युुक्त भाईवर बैंकिङ सेवा, मोबाइल बैंकिंङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्टेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्र्पक कार्यालय स्थापना गरेर त्यहाँ रहेका नेपालीहरुलाई सेवाप्रदान गर्दै आइरहेको छ । त्यसैगरी, बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्ससेवा समेत प्रदान गर्दै आइरहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement