समाजिक सुरक्षा कोषमा जम्मा गर्ने श्रमिक र रोजगारदाताले उपचार तथा बिमाको दायित्व बोक्न नपर्ने

Advertisement

काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा कोषमा जम्मा गरेपछि रोजगारदाताले अन्य उपचार तथा बिमाको कुनै पनि दायित्व बोक्नुपर्ने नपर्ने व्यवस्था ल्याएको छ । सरकाले कर्मचारी तथा व्यवसायीहरुलाई स्वास्थ्य सेवामा सहयोग पुर्याउने उद्देश्यले सार्वजनिक गरेको हो ।

श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार श्रमिकको जम्मा १० प्रतिशत संचय कोषमा जम्मा हुनेछ भने १० प्रतिशत रोजगारदाताले थप्नुपर्नेछ ।

उपदान लगायतका रोजगारदाताबाट सुविधा प्राप्त गर्नेगरि आएको करिव साँढे आठ प्रतिशत र एक प्रतिशत सामाजिक सुरक्षा कर अन्तर्गत जम्मा भएको पैसा पनि यो कोषमा आउँछ । बाँकि रहेको डेढ प्रतिशत रकम रोजगारदाताले थप्छन र ३१ प्रतिशत हुन्छ ।

यो नेपालको सन्दर्भमा सबैभन्दा ठुलो र महत्वपूर्ण कोषको रुपमा निकट भविष्यमै खडा हुन्छ । यसका लागि लामो समय लाग्दैन, त्यो ढंगले सरकारले संयोजन गर्छ ।

Advertisement

Advertisement

Advertisement