एक वर्षमै ७१५ नेपालीले विदेशी भूमिमा गुमाए ज्यान, गम्भिर घाइते कति ?

Advertisement

काठमाडौं । एक वर्षको अवधीमा वैदेशिक रोजगारीका लागि विदेशीएका ७१५ जना नेपालीले परदेशमै ज्यान गुमाएका छन् । उनीहरुमध्ये अधिकांशको मृत्यु खाडी मुलुकमा हुने गरेको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार गत आर्थिक वर्ष २०७५/७६ मा विदेशमा ज्यान गुमाउने ७१५ जना नेपाली नागरिकका परिवारलाई ४८ करोड ४५ लाख ५६ हजार क्षतिपुर्ति उपलब्ध गराईएको छ ।

त्यस्तै, गम्भिर घाईते, अंगभंग भएका ३३५ कामदारलाई ९ करोड १४ लाख १३ हजार ६ सय ९९ रुपैंयाँ उपचार खर्च प्रदान गरिएको छ ।
विदेशमा मृत्यु भएका कामदारका परिवारलाई क्षतिपुर्ति र घाईतेहरुको उपचारका लागि तत्काल प्रक्रिया पुरा गरेर आर्थिक सहयोग उपलब्ध गराउँदै आएको बताए । ‘शव ल्याउन र घाइतेको उद्धार तथा उपचारका लागि सम्बन्धीत मुलुकका कुटनीतिक नियोगसँग समन्वय गर्छाै, प्रक्रिया पुग्ने वित्तिकै मृतकका परिवारलाई आर्थिक सहायता र घाइतेलाई उपचार खर्च उपलब्ध गराउँछौं’, सुवेदीले भने ।

विदेशमा मृत्यु भएका कामदारका परिवारलाई बोर्डले ७ लाख रुपैंयाँ आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । विदेशममा श्रम अवधी सकिएको १ वर्षभित्र मृत्यु भएमा त्यस्तो सहायता दिने व्यवस्था छ । गत आर्थिक वर्षमा ५ लाख ८ हजार ८ सय २८ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका थिए । तिमध्ये २ लाख ३६ हजार २ सय ११ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए ।

आर्थिक वर्ष २०७४÷७५ मा ६ लाख १२ हजार ६ सय ८५ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । नेपालले १३४ वटा देशमा श्रम स्वीकृति मार्फत कामदार पठाउँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement