अर्थमन्त्रीले भने : दिगो विकासका लागि सामाजिक सुरक्षा आवश्यक

Advertisement

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले दिगो विकासका लागि सामाजिक सुरक्षा आवश्यक रहेको बताए ।

नेपाल सरकार तथा जर्मन सहयोग नियोगको संयुक्त आयोजनमा आज काठमाडौंमा भएको कार्यक्रममा मन्त्री खतिवडाले समाजलाई उत्पादनशील क्षेत्रमा अघि बढाउन पनि सामाजिक सुरक्षा आवश्यक भएको बताए । सामाजिक सुरक्षाका लागि बजारमुखी अवधारणको विकास गर्न आवाश्यक रहेको बताए ।

अर्थमन्त्री डा. खतिवडाले दिगो विकासको अवधारणाअनुरुप नै सरकारले सामाजिक सुरक्षा कोष स्थापना गरेको र ज्येष्ठ नागरिकलाई भत्तासमेत दिएको बताए । सामाजिक न्यायसहितको आर्थिक विकास गर्न नेपालको संविधानमा मौलिक हकमा समेत सामाजिक सुरक्षालाई समावेश गरिएको उनले बताए ।

उनले सरकारले स्वास्थ्य बिमा कार्यक्रम पनि ल्याएको र यो योजनालाई पनि सामाजिक सुरक्षामा समावेश गरिएको बताए । कार्यक्रममा विश्व बैंककी सामाजिक सुरक्षा विशेषज्ञ जस्मिन राजभण्डारीले सामाजिक सुरक्षाले मानव विकास र अवसर प्राप्त गर्न सहज बनाए पनि नेपालमा कार्यान्वयन पक्ष बलियो नभएको बताए ।

Advertisement

Advertisement

Advertisement