एनआईसी एशियाको नयाँ काउण्टर विराटनगरको गोल्छा चोकमा

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले मोरङ जिल्लाको विराटनगर महानगरपालिकाको वडा नं.७ स्थित गोल्छा चोकमा विराटनगर विस्तारित काउण्टर साउन ५ गतेबाट सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको काउण्टरको उुद्घाटन विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले गरेका हुन् ।

शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि विस्तारित काउण्टरमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ ।

बैंकको मुलुकभर २९२ शाखा कार्यालयहरु, ३०२ एटिएम, ५० वटा एक्सटेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब १६ लाख ग्राहकहरूकासाथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको बैंकको दाबी छ । साथै, बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप एक्सटेन्सन काउण्टर सञ्चालन गर्ने योजना अगाडि सारेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement