प्रभु बैंकको नयाँ शाखा कार्यालय चितवनको पर्सा बजारमा

Advertisement

काठमाडौं । प्रभु बैंकले चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नं.८ स्थित पर्सा बजारमा आप्mनो १८९औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको पर्सा शाखा कार्यालयको उद्घाटन खैरहनी नगरपालिकाका नगर प्रमुख लालमणी चौधरीले गरेका हुन् ।

बैंकको पर्सा शाखाकार्यालयको समुद्घाटनगर्दै प्रमुख अतिथी तथा खैरहनी नगरपालिकाका नगर प्रमुख लालमणी चौधरीले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा गुणस्तरीय अत्याधुनिक प्रविधि सहितको बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए । उनले प्रभु बैंकको यो अभियानले बैंकिङ पहुँचको दायरा फराकिलो बनाउँदै समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताए ।

बैंकको पर्सा शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको पर्सा शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वितहुने रस्थानीय स्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा पर्सा शाखा कार्यालयको महत्वपूर्ण भुमिका रहने बैंकले विश्वास लिएको छ ।

Advertisement

Advertisement

Advertisement