विश्वकप छनोटः कतारले ४ विकेटले नेपाललाई पराजित गर्दै हात पार्यो पहिलो जित

Advertisement

काठमाडौं । आईसीसी ट्वान्टी २० विश्वकप एसिया छनोटमा नेपालले कतारसँग ४ विकेटले पराजित भएको छ । आईसीसी वरीयतामा कमजोर जनाउने २१ औं स्थानमा रहेको कतारले ११औं स्थानमा रहेको नेपाललाई पराजित ४ विकेटले पराजित गरेको हो ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा कतारका इनाम उल हकले सर्वाधिक ४१ रन बनाए । कम्रान खानले २२ रन जोडे । त्यस्तै जाहिर इब्राहिमले १२ रन जोड्दा मुहमद तानभिरले ११ रन बनाए ।

नेपालका सन्दीप लामिछानेले ३ विकेट लिएपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । यस्तै करण केसीले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो ।

कतारका मोहम्मद रिज्लान र नाउमन सरवारले सातौं विकेटका लागि अविजित २५ रनको साझेदारी गरी जित दिलाएका हुन् । सरवारले १५ र रिज्लानले ९ रनको अविजित पारी खेले ।

यसअघि इन्डियन एसोसियसन मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा सबै विकेट गुमाएर १२२ रनको योगफल खडा गरेको थियो ।

१० वर्षपछि पहिलोपल्ट कतारसँग खेलेको नेपाली टोलीका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ओपनिङ गरेका थिए । उनीहरुले ४९ रनको साझेदारी गरेका थिए ।

छैटौं ओभरको अन्तिम बलमा पारस २८ रनको स्कोरमा आउट भए । उनले १७ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए । ८.२ ओभरमा उपकप्तान मल्ल पनि २४ बलमा २ चौका र १ छक्काको सहयोगमा २३ रन जोडेर आउट भए ।

अनुभवी ब्याट्सम्यान शरद भेषावकरले ७ रनमात्र जोड्न सके । औँलाको चोटबाट पुनरागमन गरेका दीपेन्द्रसिंह ऐरीले नेपालका लागि सर्वाधिक ३४ रनको पारी खेले । उनले ३५ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

रनआउट हुनुअघि सोमपाल कामीले ११ रन जोडे । नेपालको पुछार क्रमका ब्याट्सम्यानको प्रदर्शन यसपल्ट कमजोर देखियो । विनोद भण्डारी ३, करण केसी ४, बसन्त रेग्मीले १ रन बनाउँदा अविनाश बोहोरा र ललित नारायण राजवंशीले खाता खोल्नै सकेनन् । सन्दीप लामिछाने १ चौकासहित ९ रन जोडेर रनआउट भए ।

अन्तिम २ ओभरमा नेपालले १३ रन जोड्दा ५ विकेट गुमेको थियो । पारीको अन्तिम ओभरको अन्तिम तीन बलमा नेपालले तीन विकेट गुमाएको हो । कतारका इकबाल हुसेनले ३ विकेट लिए । तमोर साजाद र नुमान सर्वारले २र२ विकेट लिए ।

अब नेपालले दोस्रो खेलमा मलेसियासँग बुधबार खेल्नेछ । त्यस्तै कुवेतसँग शनिबार र नेपालले आइतबार सिंगापुरसँग खेल्नेछ । कतारको यो पहिलो जित हो । सोमबार भएको पहिलो खेलमा कतार सिंगापुरसँग ३३ रनले पराजित भएको थियो ।

प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेतले प्रतिस्पर्धा गरिरहेका छन् । फाइनलको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । नेपाल भने तालिकाको पुछारमा रहेको छ ।

Advertisement

Advertisement

Advertisement