रत्न पुस्तकालयलाई नेपाल बङ्गलादेश बैंकको आर्थिक सहयोग

Advertisement

काठमाडौं । नेपाल बंगलादेश बैंकलेआफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नयाँ बानेश्वर, काठमाडौंस्थित रत्न पुस्तकालयलाई श्रावन ७ गते भएको हस्तान्तरण कार्यक्रममा १२ हजार १७८रुपियाँ बराबरका विभिन्न साहित्यिक किताबहरुलगायत सोहि पुस्तकालयद्वारा संचालित देवकोटा कोषका लागि एक लाख रुपियाँ रकमको आर्थिक सहयोग हस्तान्तरण गरेको थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटाका नाममा संचालन गरिएको सो कोष साहित्यकारहरुलाई कडा रोगकोउपचारका लागि सहयोग पुर्याउने उद्देश्यले खोलिएको हो ।

सो रकम तथा किताबहरु बैंकका नायब प्रमुख कार्यकारीअधिकृत सुरेन्द्र भूषण श्रेष्ठले सो पुस्तकालयका अध्यक्ष सशीबिक्रम राणालाई हस्तान्तरण गरेका थिए । यसका साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलालाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ । बैंकले बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले उक्त नारा अनुसारको उद्देश्य प्राप्तिका लागि समाजका हरेक वर्ग तथा तप्काका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement