अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मिराई कादम्बरी कप २०१९ हुने

Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कादम्बरि मेमोरियल कलेजको आयोजनामा प्रथम मिराई कादम्करी कप २०१९ अन्तरविद्यालय फुटसल प्रतियोगिता हुने भएको छ । उक्त अवसरमा विद्यालयबीच भाइचारा र विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि प्रतियोगिता आयोजना गर्न लागेको फुटसल लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रथम मिराई कादम्बरी कप २०१९ का संयोजक खिमानन्द देबकोटाले जानकारी दिए ।

प्रतियोगितातामा विभिन्न ३२ भन्दा बढी विद्यालयका विद्यार्थीको सहभागिता रहनेछ । प्रगियोगिताको नारा अनुरुप निष्पक्ष खेलको माध्यम बाट दिगो विकासको लक्ष्य हासिल गर्न सहयोग पुग्नेछ । प्रतियोगिताले दिगो विकास लक्ष्यका लक्ष्य नं. ३ स्वास्थ्य जीवनको सुनिश्चिता, लक्ष्य नं. ४ गुणस्तरीय शिक्षा र लक्ष्य नं. ५ लैंगिक समानाता लाई विशेष सहयोग पुर्याउनेछ ।

प्रगियोगितामा महिला खेलाडिलाई थप सक्रिय बनाउन महिला पुरुष समान १६–१६ टिमको सहभागिता गराउन लागिएको छ । राष्टिय तथा अन्तराष्टिय प्रतियोगितामा समेत महिला टिम लाई विभेद हुदै आईरहेको छ । विभिन्न रुपमा हुने विभेदलाई हटाउँदै निष्पक्ष प्रतियोगिता सञ्चालन गर्न लागिएको देबकोटाले जानकारी दिए ।

धन्यन्तरि फुटसल प्रालिमा आयोजना हुने उक्त प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुनेछ । प्रतियोगितालाई मिराई ऐजुकेशन प्रालिले शिष प्रायोजन गरेको छ । प्रतियोगिताका विजेताले ३० हजार रुपियाँसहित ट्रफी र पदक तथा उपविजेताले २० हजार रुपियाँसहित पदक र ट्रफी पाउने छ । त्यस्तै विधागततर्फ सर्वोकृष्ट खेलाडी, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकलाई ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement