किशोरीलाई होटलको कोठामा बन्धक बनाएर ८ दिनसम्म ‘वलात्कार

Advertisement

काठमाडौं । एक १४ वर्षीया बालिकालाई बन्धक बनाएर वलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर घर भएका २८ वर्षिय राकेश कुमार कानोडिया रहेको प्रहरीले जनाए ।

प्रहरीका अनुसार राकेशले उदयपुरकी १४ वर्षिय किशोरीलाई पोखरा महानगरपालिका ६ डिहिगोपाटन लेकसाइडको ‘द कन्ट्रि यार्ड’ होटलको कोठामा बन्धक बनाई जर्बजस्ती गरेको आरोपमा पक्राउ गरिए । राकेशले किशोरीले प्रयोग गर्दै आएको मोबाइल समेत खोसेर राखेको प्रहरीले जनाए। किशोरीलाई ८ दिनदेखि कोठामा बन्धक बनाएर जर्बजस्ती गरेको प्रहरीले जनाए ।

राकेश कुमार पेशाले शिक्षक रहेको प्रहरीको भनाई छ । गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले टोलीले निजलाई पक्राउ हो ।

Advertisement

Advertisement

Advertisement