एनआईसी एशिया उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डबाट सम्मानित

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड द इन्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) ले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड २०१८ बाट सम्मानित भएको छ । बैंकहरुका वार्षिक वित्तीय प्रतिवेदनहरुलाई उछिन्दै एनआईसी एशिया बैंकले सो अवार्ड जित्न सफल भएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आइक्यानद्वारा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई उक्त अवार्ड प्रदान गरे । अन्य वाणिज्य आइक्यानले सन् २००३ देखि हरेक वर्ष विभिन्न विधामा सर्वोत्कृष्ठ वार्षिक प्रतिवेदन तयार गर्ने संस्थाहरुलाई सम्मानित गर्दै आइरहेको छ । यस अवार्ड प्राप्त गर्ने वित्तीय संस्थालाई आफ्नो वार्षिक वित्तीय प्रतिवेदन सरोकारवाला व्यक्ति तथा निकायहरुलाई समयमै उपलब्ध गराउने र सर्वोत्कृष्ट वित्तीय पारदर्शिताको अभ्यास गर्ने संस्थाको रुपमा लिइन्छ ।

Advertisement

Advertisement

Advertisement