चैतसम्ममा खर्चको आधार तयार नगर्ने  निकायको बजेट अर्थले फिर्ता लिने

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेट खर्च गर्ने आधार आउँदो चैत १५ गते भित्र तयार नहुने निकायको पैसा अर्थ मन्त्रालयले फिर्ता लिने भएको छ।

अर्थले तयार गरेको बजेट कार्यान्वयन कार्ययोजना २०७६/०७७ अनुसार चैत मध्यसम्ममा खर्चको आधार तयार नगर्ने कार्यालयका लागि विनियोजित बजेट अर्थले नदिने भएको हो । विगतमा पनि अर्थ मन्त्रालयले फागुन मसान्तसम्ममा खर्चको आधार तयार नभएको बजेट सरेन्डर गर्ने नीति अघि सारेको हो । तर, सम्बन्धित मन्त्रालयको असहयोगका कारण अर्थले आफ्नो निर्णय कार्यान्वयन गराउन सकेको थिएन ।

यसपटक हामी प्रभावकारी रूपमा कार्ययोजना कार्यान्वयन गर्छौं र खर्च नभएको पैसा, अर्थ स्रोतले भने। विनियोजित बजेट खर्च गर्न नसक्ने तर पैसा राखिरहने प्रवृत्ति निरूत्साहित गर्न चैत १५ सम्म पनि खर्चको आधार तयार नभएका आयोजना, कार्यक्रम तथा निकायबाट पैसा खिच्न लागिएको हो। अर्थ मन्त्रालयले प्रधानमन्त्रीलाई कार्ययोजनाबारे ब्रिफिङ गरेपछि कार्यान्वयनको तयारी गरेको छ।

Advertisement

Advertisement

Advertisement