नेपाल टेलिकमले जित्यो बीपीए रनर अपको उपाधि

Advertisement

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०७४/०७५ को वित्तीय विवरणहरु प्रस्तुतीकरणसम्बन्धी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले वार्षिक रुपमा प्रदान गर्ने नेशनल बेस्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्डमा रनर अपको उपाधि जित्न सफल भएको छ । विभिन्न विधामध्ये कम्पनीले सामान्य क्षेत्र वर्ग ५ को सेवा क्षेत्रमा सो उपाधि हासिल गर्न सफल भएको हो।

मंगलबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई सो अवार्ड प्रदान गरेको टेलिकमले जनाएको छ। सो अवार्ड आइक्यानले वार्षिक रुपमा प्रदान गर्दै आएको छ । वित्तीय र अन्य जानकारी तथा विवरणहरु वार्षिक रुपमा उत्कृष्ट रुपमा प्रस्तुतिकरण गर्न प्रोत्साहित गर्ने उद्देश्यले सो अवार्ड प्रदान गरिन्छ। आइक्यानले साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा)ले निर्धारण गरेको मापदण्डलाई आधार मानी उक्त अवार्डको घोषणा गर्ने गरेको छ।

नेपाल टेलिकमले योभन्दा पहिले आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ तथा २०७१/७२ मा समेत विभिन्न विधामा सो अवार्ड प्राप्त गरिसकेको छ।

नेपाल टेलिकमले नेपालमै पहिलोपटक आर्थिक वर्ष २०७१/०७२ देखि नै नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस)अनुसार आफ्नो वार्षिक वित्तीय विवरणहरु प्रस्तुत गर्दै आएको छ।

Advertisement

Advertisement

Advertisement