वर्ल्डलिंकको हरेक टीभीमा यूट्युब अफर

Advertisement

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले अब हरेक टीभीमा यूट्युब नामक अफर ल्याएको छ । यसअनुसार उपभोक्तालाई ठूलो पर्दामा यूट्युब हेर्ने अवसर प्राप्त हुने वर्ल्डलिंकले जनाएको छ । कुनै पनि टिभीको ठूलो पर्दामा यूट्युब हेर्नेहरुको इच्छालाई ध्यानमा राख्दै कम्पनीले यस्तो अफर ल्याएको हो ।

यसअन्तर्गत वर्ल्डलिंका नेटटीभीको प्रयोगकर्ताहरुले अब आफ्नो टीभीमार्फत नै साथीभाइ वा सपरिवारसँग यूट्युबको भरपूर फाइदा प्राप्त गर्न सक्ने कम्पनीले छ । अब नेटटीभी प्रयोगकर्ताहरुले नियमित टीभी च्यानल कन्टेन्टमात्र नभई आफुलाई मन पर्ने कन्टेन्टहरु कुनै बाधा एवं झण्झट बिना नै यूट्युबमार्फत हेर्न सक्ने कम्पनीले जनाएको छ । यो सुविधा प्रयोगकर्ताहरुले युट्यूब स्क्रिनलाई आफ्नै स्मार्टफोनबाट टीभीमा कास्ट गर्न सक्नेछन् ।

साथै नेटटीभीले मोबाइल फोनहरुमा पनि रिमोट एप्लिकेशन उपलब्ध गराएकाले यो सेवा उपभोग गर्नको लागि एकदमै सजिलो हुने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यो अफर देशभर रहेका वर्ल्डलिंका नयाँ तथा पुराना सबै ग्राहकहरुका लागि उपलब्ध रहेको छ ।

पुराना प्रयोगकर्ताहरुले नयाँ प्रिमियम सेटअप बक्स आफ्नो पुरानो नेटटीभी सेटअप बक्ससँग नजिकै रहेको वल्र्डलिंकको शाखामा सम्पर्क गर्न सक्नेछन् । यस सेवा अन्तर्गत वर्ल्डलिंकका नेटटीभीको प्रयोगकर्ताहरूले अब आफ्नो टीभीमार्फत नै साथीभाइ वा सपरिवारसँग यूट्युबको भरपूर फाइदा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो सुविधा स्मार्ट टीभीमा मात्र नभई ननस्मार्ट वा सीआरटी टीभीमा पनि उपलब्ध छ । हाल नेटटीभीले आफ्ना ग्राहकहरूका लागि ८० भन्दा बढी एच डी च्यानलहरूसँगै उत्कृष्ट तहको टीभीमा मनोरन्जनको अनुभव प्रदान गर्दै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement