जहाज नभएको बेला चीनका १५ सहरमा सिधा उडान सम्झौता, चिनियाँ नयाँ उडान पनि आउने

Advertisement

बेइजिङ । अन्तर्राष्ट्रिय उडानका लागि मुलुकभित्र पर्यात ठूला जहाजहरु नभएको बेला चीन १५ ठूला सहरमा उडान सञ्चालनका लागि चीनसँग सम्झौता भएको छ । नजिकिँदा नेपाल भ्रमण बर्ष २०२० का लागि ठूला जहाजहरु थप्न पर्यटन व्यवसायीहरुले माग गर्दै आए पनि जहाजहरु भने थपिन सकेका छैनन् ।

अहिले राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमसँग चार वटा र निजी क्षेत्रको हिमालय एयरलाइन्ससँग तीन वटा अन्तर्राष्ट्रिय उडानका जहाजहरु रहेका छन् । यसै बेलामा चीनका १५ सहरमा सिधा उडानका लागि नेपाल र चीनका अधिकारीहरुबीच सम्झौता भएको हो । बेइजिङमा सम्पन्‍न दुईदिने वार्तापछि शुक्रबार थप आठसहित कुल १५ चिनियाँ गन्तव्यमा नेपालले सिधा हवाई सेवा सञ्चालन गर्न पाउने गरी सम्झौता भएको हो ।

सम्झौताअनुसार नेपालले थप ८ रुटमार्फत हप्तामा ९८ उडान गर्न पाउने छ । यसअघि सातामा ५६ वटा मात्रै उडान गर्न पाउने सम्झौता भएको थियो । नेपालले मात्रै नभएर चीनले पनि नेपालका थप गन्तव्यहरुमा उडान सञ्चालन गर्न पाउने छ । चिनियाँ जहाजले पोखरा र भैरहवाको गौतमबुद्ध विमानस्थलमा पनि सिधा उडान गर्न सक्ने छ । उनीहरुले हप्तामा २१ उडान गर्न पाउने छ ।

नागरिक उड्यान तथा पर्यटन मन्त्रालय अन्तर्गतको हवाइ उद्योग व्यवस्थापन महाशाखाका प्रमुख सुरेश आचार्य नेतृत्वको नेपाली टोली र चीनको सिभिल एभिएसन अथोरिटी अफ चाइनाको उपनिर्देशक जनरल बाई वेनलीको नेतृत्वको टोलीबीच छलफल भई नयाँ हवाई सम्झौता भएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement