ई–कमर्स कम्पनी सस्तोडीलको 'कर्मचारी स्टक स्वामित्व योजना'

Advertisement

काठमाडौं । नेपाली ई– कमर्स छेत्रको एक कम्पनी सस्तोडील डट् कमले कर्मचारी स्टक स्वामित्व योजना आरम्भ गरेको छ । नेपाली ई–कमर्स सन्दर्भमा यो पहिले तथा हाल सम्मको एक मात्र कम्पनी हो । विगत तीन वर्षदेखि कम्पनीमा कार्यरत कर्मचारीहरु यस योजनामा सहभागी हुन सक्नेछन् ।

सस्टोडीलका वित-नियन्त्रक अनूप शाक्यको अनुमान अनुसार आउदो दुई वर्षभित्र ईएसओपी  योजनाको कुल पूँजीको मुल्यांकन घटीमा दश करोड रुपियाँ हाराहारी पुग्नेछ।

कम्पनीका संस्थापक कार्यकारी अधिकृत अमुन थापा भन्छन्– ‘कम्पनीको उतोरोत्तर प्रगतिको लागि कर्मचारीहरुको स्थायित्व उत्प्रेरणाको महत्व बुज्ने बोर्ड हाम्रो सौभाग्यले हामीलाई जुराएकोछ ।’

हाम्रो कम्पनीका सदस्यहरुको मध्य उमेर २३ वर्ष रहेको छ । यस अर्थमा सदस्यहरुले आफ्नो जीवनकै सबैभन्दा उर्जासिल समय यस कम्पनीको हितको लागि लगानी गरिराखेका छन् ।अतः कर्मचारी स्टक स्वामित्व योजना थालनी गरि आफ्ना कर्मचारीहरुलाई कम्पनीकै साझेदार बन्ने अवसर प्रधान गर्न पाउदा कम्पनी व्यवस्थपनलाई ज्यादै खुसी लागेको छ।’

ईएसओपी योजनामा कर्मचारीहरु के कसरी सहभागी हुन सक्नेछन् भन्ने कुरा उनीहरुको कार्यरत अवधी तथा कार्य–सम्पादन मुल्यांकनको आधारमा निर्धारण गरिनेछ।

Advertisement

Advertisement

Advertisement