सेयर बजार घटाउने अदृश्य शक्ति के हो ?

Advertisement

काठमाडौं । यतिबेला सरकार पुँजी बजारको दिर्घकालिन विकास र विस्तारमा सकारात्मक छ । ७.५ प्रतिशतको पुँजीगत लाभकरलाई ५ प्रतिशतमा घटाईदिएको छ । नियामकहरु पनि पुँजी बजारको विकासका लागि नै काम गरिरहेका छन् । धितोपत्र बोर्डले बैंकलाई ब्रोकर लाइसेन्स दिनु भनेर नेप्सेलाई भनिसकेको छ । राष्ट्र बैंकले ब्रोकरलाई मार्जिन ट्रेडिङका लागि पूर्व स्वीकृति पनि दिईसकेको छ ।
अनलाइन कारोबार पनि पूर्ण रुपले कार्यान्वयनमा आईसकेको छ । यतिबेला पुँजी बजार ब्रोकरको हातमा छैन, लगानीकर्ताकै हातमा आईपुगेको छ ।

नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीति मार्फत ब्याजदर घटाउने योजना अघि सारेको स्पष्टसँग देख्न सकिन्छ । अर्थतन्त्रका परिसूचकहरु प्नि सकारात्मक नै देखिएका छन् । बजारमा ठुलो हिस्सा ओगट्ने बैंक तथा वित्तिय संस्थाहरुको चौथो त्रैमासिक विवरण पनि राम्रै आईरहेका छन् । फेरी यो बजार स्वभाविक रुपले बढ्नुपर्ने समय पनि हो । फेरी पनि बजार ओरालो किन लागिरहेको छ ? हामी आफैँ बुभ्न सकिरहेका छैनौं । बैंकहरुले जारी गर्ने डिबेञ्चरसँग डराउनुपर्ने अवस्था हुँदै होइन् । डिबेञ्चरको अपव्याख्या भैरहेको छ ।

अहिले पनि धेरै जसो बैंकहरुले डिबेञ्चर जारी गरेकै थिए । पहिलो डिबेञ्चरको ८० प्रतिशत मात्रै लगानी गर्न पाइन्थ्यो अहिले शतप्रतिशत लगानी गर्न पाइने व्यवस्था आएको छ । आखिर कुन अदृश्य शक्तिले बजा घटाईरहेको छ ? हामी अलमलमा परिरहेका छौं ।

Advertisement

Advertisement

Advertisement