कैलालीमा छोराले चिर्पटले हान्दा बाबुको मृत्यु

Advertisement

कैलाली । जिल्लाको गोदावरी नगरपालिका–५ र्बबाटामा आफ्नै छोराले चिर्पटले हानेर बाबुको हत्या गरेका छन् । ३० वर्षीय राम सिंह कुमालले ६० वर्षीय बाबु अम्बरलाई चिर्पटले हानेर हत्या गरेका हुन् ।

गए राति आइतबार घरायसी विवादका क्रममा छोरोले चिर्पट प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। हत्या गरी फरार रहेका कुमाललाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

छोराको आक्रमणबाट गम्भीर घाइते भएका अम्मरलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याइएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

केही दिनअघि पनि कैलालीको घोडाघोडी नगरपालिकामा घरायसी विबाद हुँदा उदे रावतले बुवाको हत्या गरेको थिए भने आमालाई गम्भीर घाइते बनाएका थिए ।

Advertisement

Advertisement

Advertisement