एनआईसी एशियाले गर्यो पोखराको 'रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई एलईडी टिभी सहयोग

Advertisement

काठमाडौं । एनआईसी एशिया पोखरा कास्कीस्थित ‘रामबजार जेष्ठ नागरिक मिलन केन्द्र’लाई एलईडी टेलिभिजन हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त टेलिभिजन सहयोग गरेको हो ।

उक्त सहयोग स्वरुप दिइएको टेलिभिजन बैंकका गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्माले एक कार्यक्रमका बीच रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई हस्तान्तरण गरे । एनआईसी एशियाले गरेको यो सहयोगले सो केन्द्रका वृद्धवृद्धालाई सूचना तथा मनोरञ्जनका सामग्रीमा सहज पहुँच हुने विश्वास बैंकले लिएको छ ।

बैंकको मुलुकभर २९३ शाखा कार्यालयहरु, ३१९ एटिएम, ५२ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

१७ लाखभन्दा बढी ग्राहकहरूकासाथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

Advertisement

Advertisement

Advertisement