आवासीय क्षेत्रमा पाकिस्तानी विमान खस्यो, १७ जनाको मृत्यु

Advertisement

काठमाडौं । पाकिस्तानी सेनाको एउटा सानो विमान रावलपिन्डीनजिकै एउटा आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा १७ जनाको ज्यान गएको छ । विमान दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । तालिमको क्रममा रहेको सेनाको सानो विमान आवासीय क्षेत्रमा मंगलबार बिहान दुर्घटनाग्रस्त भएको हो ।

विमान दुर्घटना हुँदा १२ जना सर्वसाधारण र ५ जना चालक दलका सदस्यसहित १७ जनाको ज्यान गएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । विमान आवासीय क्षेत्रमा खसेका कारण धेरै क्षति भएको स्थानीय प्रशासनले जनाएको छ । विमान खसेपछि केही घरहरुमासमेत आगलागी भएको छ ।

राजधानी इस्लामाबाद नजिकै रहेको रावलपिण्डीमा पाकिस्तानी सेनाको मुख्यालय रहेको छ । दुर्घटनाको कारण भने नखुलेको र अहिले उद्धारको काम भैरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

Advertisement

Advertisement

Advertisement