विज्ञापन बोर्डबाट गृह र उद्योग मन्त्रालयका प्रतिनिधी आउट, के के भयो पास ?

Advertisement

काठमाडौं । प्रस्तावित विज्ञापन बोर्ड अब सात सदस्यीय मात्रै हुने भएको छ । प्रतिनिधी सभाको विकास तथा प्रविधि समितिमा दफावार छलफलबाट विज्ञापन बोर्ड सात सदस्यिय हुने व्यवस्था गरेको हो । राष्ट्रिय सभाले नौ सदस्यीय विज्ञापन बोर्ड गठन गर्ने प्रस्ताव पास गरि पठाएको थियो । विकास तथा प्रविधि समितिले गृह र उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका प्रतिनिधीलाई बोर्डबाट आउट गरेको हो ।

अब विज्ञापन बोर्डमा अध्यक्ष, सूचना प्रविधि तथा सञ्चार मन्त्रालयका एक जना प्रतिनिधी, विज्ञापन उत्पादक तथा वितरकका तर्फबाट २ जना प्रतिनिधी, आम सञ्चार क्षेत्रमा १० वर्षको अनुभव भएका एक जना महिनासहित ३ जना प्रतिनिधी बोर्डको सदस्य रहनेछन् । उनीहरुको कार्यकाल पनि ३ वर्षबाट बढेर ४ वर्षको बनाईएको छ । बोर्डका बरिष्ठ कर्मचारीलाई सदस्य सचिव बनाउने व्यवस्था पनि संसोधन गरेर सचिव मात्रै बनाउने निर्णय पनि भएको छ ।

बोर्ड सदस्यहरुको नियुक्ती समावेशी सिद्धान्तका आधारमा हुनेछ । यहि बोर्डले नेपालमा विज्ञापनको मापदण्ड निर्माण देखि नियमनको काम गर्नेछ । यस अघि समितिले सडकमा राखिएका पोलहरुमा विज्ञापन बोर्ड राख्न नपाइने व्यवस्था पास गरिसकेको छ । त्यस्तै, विज्ञापनरहित प्रशारण(क्लिन फिड) पनि पारित गरिसकेको छ । ऐन कार्यान्वयनमा आएको एक वर्षभित्र पुरानो सम्झौताका सबै सेवा प्रदायकले क्लिन फिड लागु गर्नुपर्नेछ । नयाँ सेवा प्रदायकका हकमा भने तुरुन्तै क्लिन फिड लागु हुनेछ ।

Advertisement

Advertisement

Advertisement