महालक्ष्मी लाईफको प्रथम वार्षिक शाखा सम्मेलन पोखरामा सम्पन्न

Advertisement

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले आफ्नो प्रथम वार्षिक शाखा सम्मेलन यहि श्रावण १२ र १३ गते पोखरामा सम्पन्न गरेको छ । स्ट्राटे्रजिक बिजनेस मिट २०१९ नाम दिइएको सम्मेलनको समुदघाटन इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले गरेका हुन् ।

सम्मेलनमा नायव प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुख र देशभर रहेका ४७ वटा शाखाकाप्रमुखहरू समेत ६५ जनाको सहभागिता रहेको थियो। लर्न–पर्फम–लिड नारा सहित २ दिन संचालित उक्त सम्मेलनको पहिलो दिन आर्थिक वर्ष २०७६।७७ को लक्ष्य, रणनिति र कार्यक्रम बारेमा बृहत छलफल भएको थियो। दोस्रो दिन सम्पुर्ण शाखा र उपशाखा प्रमुखलार्इ लेखा, अण्डरराईटिङ, एजेन्सी लगायत विविध विषयमा प्रधान कार्यालयका अधिकृतहरूबाट तालिम दिइएको थियो ।

कार्यक्रमको अन्तमा संचालक सुरेश सापकोटा बाट लक्ष्य पुरा गर्नेलाई नगद पुरस्कार र विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई सम्मान गरिएको थियो । २०७५ माघ २७ बाट कम्पनी संचालन भएता पनि विभिन्न तयारीको कारण ४ महिनाको छोटो समयावधिमा महालक्ष्मी लाईफले ५० जिल्ला भन्दा बढीमा तालिम तथा जनचेतना कार्यक्रम संचालन गरेको, ४७ वटा कार्यालय खोलेको, ५ वटा प्रोडक्ट प्रचलनमा ल्याएको तथा २५ करोड प्रिमियम संकलन गर्न सफल भएको छ।

कम्पनीले यस आर्थिक वर्षमा थप ५० वटा शाखा रउपशाखा स्वीकृती लिई १०० भन्दा बढी कार्यालय संचालनमा ल्याउने तथा प्रथम वीमा शुल्कको अर्ब क्लबमा पुग्ने लक्ष्य लिएको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement