योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त, आज चार बजे शपथ

Advertisement

काठमाडौं । नेकपा नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई बुधबार पर्यटनमन्त्री नियुक्त गरेका हुन् ।  प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भट्टराईको शपथ दिउँसो ४ बजे हुँदैछ।

भट्टराई ताप्लेजुङका सांसद हुन्। गत फागुन १५ गते गते तात्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा ताप्लेजुङमा निधन भएको थियो। अधिकारीको निधनपछि चार महिनादेखि पर्यटन मन्त्रालयको जिम्मेवारी स्वयम् प्रधानमन्त्रीले लिएका थिए।

Advertisement

Advertisement

Advertisement