एभरेष्ट बैंकको नाफा ३०४ करोड पुग्यो

Advertisement

काठमाडौं । एभरेष्ट बैंकको नाफा ३ अर्ब ४ करोड पुगेको छ । बैंकले सार्वजनिक गरेको २०७६ असार मसान्तसम्मको अपरिस्कृत वित्तिय विवरण अनुसार २०७५ असार मसान्तको तुलनामा ४६ करोेडले नाफा वृद्धि गरेर ३ अर्ब ४ करोड पुर्याएको हो ।

२०७५ असार मसान्तमा बैंकको नाफा २ अर्ब ५८ करोड रुपैंयाँ मात्रै थियो । एनएफआरएस प्रणाली अनुसार सार्वजनिक गरिएको वित्तिय विवरणमा अनुसार बैंकको वितरण योग्य नाफा भने २ अर्ब १८ करोड रुपैंयाँ रहेको छ ।

८ अर्ब १० करोड चुक्ता पुँजी रहेको एभरेष्ट बैंकको ७ अर्ब १० करोड रुपैंया रहेको छ । बैंकले १ खर्ब २९ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ४ अर्ब कर्जा लगानी गर्दा सिडी रेसियो ७५.०७ प्रतिशत कायम गरेको छ ।

एभरेष्टको खराब कर्जा ०.१६ प्रतिशत छ भने आधार ब्याजदर ८.१२ प्रतिशत रहेको छ । बैंकको कस्ट अफ फण्ड ६.२१ प्रतिशत छ भने प्रति सेयर नेटवर्थ २१८.६९ रुपैंयाँ रहेको छ । एभरेष्टको स्प्रेड दर ४.२८ प्रतिशत मात्रै रहेको छ । बैंकको प्रति सेयर आम्दानी पनि ३७.५७ रुपैंयाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement