महालक्ष्मी लाइफ इन्स्योरेन्सको शाखा सम्मेलन सम्पन्न

Advertisement

काठमाडौँ । महालक्ष्मी लाइफको शाखा सम्मेलन पोखरामा सम्पन्न भएको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो प्रथम वार्षिक शाखा सम्मेलन साउन १२ र १३ गते पोखरामा सम्पन्न भएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ)रमेशकुमार भट्टराईले स्ट्राट्रेजिक बिजनेश मिट २०१९ नाम दिएर उद्घाटन गरिएको सम्मेलनमा लर्न पर्फम लिड नारा सहित २ दिन सञ्चालित उक्त सम्मेलनको पहिलो दिन आव २०७६/७७ को लक्ष्य रणनीति र कार्यक्रम बारेमा बृहत छलफल भएको थियो । दोस्रो दिन सम्पस्र्ण शाखा र उपशाखा प्रमुखलाई लेखा अण्डरराइटिङ एजेन्सी लगायत विविध विषयमा प्रधान कार्यालयका अधिकृतहरूबाट तालिम दिइएको थियो ।

२०७५ माघ २७ बाट कम्पनी संचालन भएता पनि विभिन्न तयारीको कारण ४ महिनाको छोटो समयावधिमा महालक्ष्मी लाइफले ५० जिल्ला भन्दा बढीमा तालिम तथा जनचेतना कार्यक्रम संचालन गरेको ४७ वटा कार्यालय खोलेको ५ वटा प्रोडक्ट प्रचलनमा ल्याएको तथा २५ करोड प्रिमियम संकलन गर्न सफल भएको बताईएको छ ।

कम्पनीले चालु आवमा थप ५० वटा शाखा र उपशाखा स्वीकृती लिई १०० भन्दा बढी कार्यालय संचालनमा ल्याउने तथा प्रथम बीमा शुल्कको अर्ब क्लबमा पुग्ने लक्ष्य लिएको सिईओ भट्टराईले बताए ।

कार्यक्रममा संचालक सुरेश सापकोटाबाट लक्ष्य पूरा गर्नेलाई नगद पुरस्कार र विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई सम्मान गरिएको थियो । सम्मेलनमा नायव प्रमुख कार्यकारी अधिकृत विभागीय प्रमुख र देशभर रहेका ४७ वटा शाखाका प्रमुखहरू समेत ६५ जनाको सहभागिता रहेको थियो ।

Advertisement

Advertisement

Advertisement