ट्याक्सीमा छुटेको दुई लाख ५० हजार इमान्दारितापूर्वक फिर्ता

Advertisement

काठमाडौं । काठमाडौँ उपत्यकामा ट्याक्सीमा छुटेको दुई लाख पचास हजार रकम सम्बन्धित धनीलाई बुझाइएको छ। बा २ ज ४१५५ नम्बरको ट्याक्सी चालक कुलबहादुर श्रेष्ठले उक्त रकम फिर्ता गरेका हुन्। सिन्धुली सुनकोशी घर भई हाल ललितपुर बस्ने २७ वर्षीय श्रष्ठले रुकुम सिस्ने बस्ने २६ वर्षीय विवेक खड्काले छोडेको रकम फिर्ता गरेका हुन्।

खड्काले ट्याक्सीमा छोडेको रकम महानगरीय ट्राफिक महाशाखामा आएर सम्बन्धित धनीलाई फिर्ता गरेका हुन्। खड्का बिहीबार बिहान सुन्धाराको सिभिल मलदेखि न्युरोड जाने क्रममा ट्याक्सीमा रकम छोडेर हिँडेपछि चालक आफैं पैसा फिर्ता गर्न महाशाखा पुगेका थिए।

चालकले दिएको रकम महाशाखाका प्रहरी उपरीक्षक रवीकुमार पौडेलले धनी खड्कालाई हस्तान्तरण गरे।

Advertisement

Advertisement

Advertisement