बैंकलाई ब्रोकर लाईसेन्स दिने कार्यबिधी तयार भो, एनआईसी एसिया, प्रभु र सानिमा पाइपलाइनमा

Advertisement

काठमाडैं । नेपाल स्टक एक्सचेञ्जले बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया अघि बढाएको छ । नेप्सेले बिहिबारै बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया अघि बढाएको हो । हालसम्म एनआईसी एसिया बैंक, प्रभु बैंक र सानिमा बैंकले सहायक कम्पनी खडा गरेर ब्रोकर लाइसेन्सका लागि नेप्सेमा आवेदन दिईसकेका छन् ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया अघि बढेको र केहि दिन भित्र अन्य बैंकहरुलाई समेत आवेदनका लागि आव्हान गरिने बताए । ‘विद्यमान कानुनी व्यवस्था अनुसार बैंकलाई ब्रोकर लाइसेन्स दिने सम्बन्धी कार्यबिधी तयार पारेर लागु गरेका छौं, ३ वटा बैंकले सहायक कम्पनी मार्फत आवेदन दिएका छन्, केहि दिनभित्र अन्य बैंकहरुका लागि पनि आवेदन खुल्ला गर्छाै’, नेप्सेका प्रवक्ता पराजुलीले भने ।

लगानीकर्ताहरुले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिएर पुँजी बजार विकासका ढोका खोल्नुपर्ने बताउँदै आएका थिए । नेपाल राष्ट्र बैंकले समेत बैंकलाई ब्रोकर लाइसेन्स दिनेबारे सैद्धान्तिक सहमति दिईसकेको छ ।

Advertisement

Advertisement

Advertisement