चीनबाट अमेरिका भित्रिने ३ खर्ब डलर मूल्यका चिनीयाँ सामग्रीमा थप शुल्क लगाउने ट्रम्पको घोषणा

Advertisement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनबाट अमेरिका भित्रिने ३ खर्ब अमेरिकी डलर मूल्य बराबरका चिनीयाँ सामग्रीमा थप शुल्क लगाउने बताएका छन् । उनले आगामी सेप्टेम्बर महिनाको १ तारिखबाट चीनीयाँ सामग्रीमा थप शुल्क लगाउने घोषणा ट्वीटमार्फत गरेका हुन् ।

उनले आफ्नो ट्वीटमा ट्वीट गर्दै भनेका छन्, ‘व्यापार वार्ता जारी छ, अमेरिकाले सेप्टेम्बर महिनाको १ तारिखदेखि चीनबाट हाम्रो देशमा आउने गरेको ३ खर्ब अमेरिकी डलरका सामग्रीमा १० प्रतिशत शुल्क थप हुन्छ ।’

सिएनएनका अनुसार केही दिन अघि संवाददातासँग ह्वाइट हाउसमा उनले २५ प्रतिशतसम्म आर्थात् त्योभन्दा माथि पनि शुल्क लगाउने चेतावनी दिएका थिए । ‘१० प्रतिशतबाट सुरु हुने शुल्क २५ प्रतिशतभन्दा माथि हुनेछ ।’ ट्रम्पले भने, ‘तर हामीलाई त्यस्तो गर्न आवश्यक नपरोस् ।’

नयाँ शुल्कले अमेरिकी उपभोक्तालाई पहिलेको भन्दा बढी समस्यामा पार्नेछ । यो शुल्क आइफोन र अन्य इलेक्ट्रोनिक्स तथा खेलौनालगायतका सामग्रीमा लाग्नेछ । गत वर्ष राष्ट्रपति ट्रम्पले २ खर्ब ५० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ औद्योगिक सामग्रीलाई लक्षित गरी शुल्क थोपरेका थिए ।

‘हामीले धेरै अर्ब डलरका कुरा गरिरहेका छौँ, पक्का पनि हाम्रा उपभोक्तामा कुनै पनि प्रकारको मूल्यवृद्धि भएकोे छैन, यो चीनको लागत हो,’ राष्ट्रपति ट्रपको यो टिप्पणीबाट शुल्कका त्रासले चीनबाट कम्पनीहरु बाहिरहेका छन् ।

Advertisement

Advertisement

Advertisement