लक्ष्मी बैंकको १११औँ शाखा काठमाडौंको भैँसेपाटीमा

Advertisement

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्‍जाल विस्तार गर्ने क्रममा आफ्नो १११ औँ शाखा काठमाडौंको भैँसेपाटीमा सञ्‍चालनमा ल्याएको छ। यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकि सेवा, लकर सेवाप्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ ।

यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १११शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३३ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्टतथा ५८शाखा रहित बैंकिङ्गएजेन्टहरु पुगेको छ । गण्डकी प्रदेशमा बैंकका शाखा संख्या ११ पुगेको छ ।

यो शाखाका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

Advertisement

Advertisement

Advertisement