सांसदको प्रश्न-सिंहदरबारको लालपुर्जा कोसँग छ ?, सरकार भन्छः खोज्दैछौं

Advertisement

काठमाडौं । पूर्व अर्थमन्त्री तथा सांसद सुरेन्द्र पाण्डेले सिंहदरबारको लालपुर्जाबारे सवाल उठाएका छन् । उनले शुक्रबारको अर्थ समिति बैठकमा सिंहदरबारको लालपुर्जा माथी प्रश्न गरेका हुन् । ‘सिंहदरबरको लालपुर्जा कोसँग छ, सरकारसँग छ की छैन् ? यो पनि कसैले आफ्नो नाममा ल्याईसके की ?’, पाण्डेले प्रश्न गरे ।

पाण्डेले सिंहदरबारको लालपुर्जा खोजेपनि अर्थमन्त्रीी डा. युवराज खतिवडा र सचिव राजन खनाल अकमकिएका थिए ।
उनले सार्वजनिक जमिन व्यक्तिका नाममा धमाधम पास भैरहेको सन्दर्भ जोड्दै सिंहदरबारको लालपुर्जाको खोजी हुनुपर्ने बताएका हुन् । ‘अहिले सार्वजनिक जमिन धामधम व्यक्तिका नाममा ल्याउने क्रम बढेछ, कतै सिंहदरबार नै कसैले आफ्नो नाममा ल्याईसक्यो की खोज्नु पर्यो नी’, पाण्डेले भने ।

पाण्डेले सिंहदरबारमा रहेका गाडी लगायतका सम्पतिहरुको विवरण समेत राख्नुपर्नेमा जोड दिएका थिए । ‘सिंहदरबारमा सैयौं गाडी थन्किएका छन्, त्यसको रेखदेख कस्ले गर्ने हो, नयाँ किन्न कसले अनमुति दिनुपर्ने हो, पुराना बेच्न कुन निकाय जिम्मेवार हुने हो, त्यसको पनि व्यवस्था गरिनुपर्छ’, पाण्डेले भने ।

उनले आफु अर्थमन्त्री हुँदा सार्वजनिक सम्पतिको विवरण महालेखा नियन्त्रकको कार्यालयले राख्ने गरि मन्त्रिपरिषदबाटै निर्णय गरेको पनि जानकारी दिए । ‘मैले नै प्रस्ताव लगेर मन्त्रिपरिषदबाट जमिनसहितका सबै सार्वजनिक सम्पतिको विवरण र संरक्षण महालेखा नियन्त्रकको कार्यालयले गर्ने निर्णय गराएको थिएँ, अहिलेसम्म केहि काम भएको रहेनछन’, पाण्डेले दुखेसो पोखे ।

उनले एनजीओको आम्दानी र खर्चको विवरण गृह मन्त्रालयले राख्ने निर्णय पनि सोही मन्त्रिपरिषदबाट गराएको जानकारी दिए ।
अर्थ सचिव राजन खनालले सार्वजनिक जमिनहरुको लगत संकलन गर्ने काम भैरहेको जानकारी दिएका थिए ।

Advertisement

Advertisement

Advertisement