सिजी ब्राण्डका नयाँ फ्रिजहरु बजारमा, यस्ता छन् विशेषता

Advertisement

काठमाडौं । बजारमा सिजी ब्राण्डमा नयाँ मोडलका फ्रिजहरु आएका छन् । सिजी नेपालको नाम चलेको इलेक्ट्रोनिक्स ब्राण्ड हो । नयाँ मोडलका फ्रिजहरु आकर्षक र थुप्रै विशेषताहरु रहेको सिजी इलेक्ट्रोनिक्स प्रालिले जनाएको छ ।

यी फ्रिजहरु सिङ्गल डोरमा २५ वटाभन्दा बढी मोडलहरुमा उपलब्ध छन् । विभिन्न किसिमका फुलबुट्टा र रंगहरुमा उपलब्ध यी फ्रिजहरुमा पाँच वर्षसम्मको वारेण्टी रहेको छ । यसको मुख्य विशेषतामा पावरफुल कम्प्रेसर, सुपर कुइक आइस, ग्रिप ह्न्डल आदि रहेको कम्पनीको भनाई छ ।

त्यस्तै डबल डोरका फ्रिजहरुमा हालै सिजीले वाटर डिस्पेन्सरसहित नयाँ फ्रिज बजारमा ल्याएको छ । यसमा ग्राहकले फ्रिज भित्रको चिसो पानी यसको ढोका नखोलिकनै पनि लिन सक्नेछन् । यसमा कुईक फ्रिजिङ, ए प्लस प्लस इनर्जिङ लेवल, डिजिटल कन्ट्रोल, फोरडि फ्रिजिङ जस्ता विशेषताहरु रहेका छन् ।

त्यसैगरी, अर्को नयाँ साईड बाई साईड र मल्टिडोर युक्त फ्रिजहरु पनि सिजीले ल्याएको छ । जसमा १० वर्षसम्मको वारेन्टी पनि रहेको छ । यी फ्रिजहरुमा उपभोक्ताले आफ्नो खानालाई धेरै समयसम्म ताजा बनाई राख्न सक्नेछन् ।

यसमा ए प्लस प्लस इनर्जिङ लेवल, डिजिटल कन्ट्रोल, टच स्क्रिन, एन्टी ब्याक्टेरिया, डियोडोराईजेसन, किड्स लक, अर्लाम आदी जस्ता विशेषता रहेका छन् । यसको अर्को विशेषता भनेको तीनवटा मोडहरु रहेका छन् । जसमा होलिडे फङ्सन, इको फङ्सन र सुपर फ्रिज फङ्सन रहेका छन् । यी मोडहरुको प्रयोग गरि उपभोक्ताले आफ्नो खानालाई धेरै समयसम्म ताजा राखी स्वास्थ्यलाई स्वस्थ राख्न सक्ने कम्पनीको भनाई छ ।

Advertisement

Advertisement

Advertisement