प्रधानमन्त्री ओली आज सिंगापुर जाने, उद्देश्य- उपचार

Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी ओली शनिवार सिंगापुर जाने भएका छन् । सिंगापुरको ‘नेसनल युनिभर्सिटी हस्पिटल’ मा स्वास्थ्य परीक्षण गर्न प्रधानमन्त्री ओली जान लागेका हुन् ।

स्वास्थ्यमा समस्या थपिएपछि परीक्षणका लागि निजी चिकित्सक डा. दिव्यासिंह शाहसहित सिंगापुर जान लागेका उनी करिब एक साता बस्नेछन् । गत शुक्रबार सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरेपछि चिकित्सकको सुझाबअनुसार उनी थप फलोअपका लागि जान लागेका हुन् । प्रधानमन्त्रीको रगतमा क्रिएटिनिनको मात्रा बढेको छ । उनी बेलुका ९ः४५ बजे सिल्क एयरबाट जाने कार्यक्रम छ ।

नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement