निगमले थन्किएर बसेका चिनियाँ जहाजहरुलाई उडाउने

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमले पर्यटन वर्ष २०२० का लागि सहयोग पुर्याउनु पर्ने तर्फ सक्रियता अपनाएको छ । यसको लागि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले निगमको कार्यकारी समितिलाई निगमको आन्तरिक तयारीको क्रमलाई थप तीव्रता दिन निर्देशन दिएका छन् ।

सरकारद्वारा घोषित पर्यटन वर्ष २०२० नेपालको पर्यटन प्रवद्र्धनका लागि सर्वाधिक महत्वपूर्ण अवसर भएकोले नेपाल वायुसेवा निगमले रचनात्मक एवम सृजनात्मक भूमिका खेल्नुपर्ने विषेश अवसरका रुपमा लिएको छ र सम्पूर्ण शक्ति लगाउने तर्फ प्रयास केन्द्रीत गरेको जनाएको छ ।

अन्तर्राष्ट्रिय तर्फ निगमले प्रदान गरिरहेको सेवाका उल्लेखनीय रहेको सन्दर्भमा आन्तरिक तर्फ योजनावद्ध तयारी एवम् व्यवस्थापनमा केन्द्रित हुन निगमले थालनी गरेको छ । यसै सन्दर्भमा आन्तरिक उडड्यन तर्फ साउन १८ गते चौरझारी र ताप्लेजुङ्गमा परीक्षण उडान गरेको छ ।

यस्तै साउन १९ र २० गते रुकुम र भोजपुर, साउन २१ र २२ गते बाजुरा र तुम्लिङ्गटारमा वाई१२ई विमानबाट परीक्षण उडान गरिने छ । अधिकतम क्षेत्रमा आन्तरिक उडान गर्ने व्यवस्था गरी निगमले पर्यटन प्रर्वद्धनमा थप योगदान पुर्याउने लक्ष्य लिएको छ ।

Advertisement

Advertisement

Advertisement