क्यान्सर पीडितको उपचारका लागि सिटी एक्सप्रेससमेतको सहयोग

Advertisement

काठमाडौं । इराकस्थित सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रतिनिधि विनोद श्रेष्ठ, कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानी र हिमालयन शेर्पा युनिक ग्रुपको संयुक्त पहलमा स्तन क्यान्सर पीडितलाई आर्थिक सहयोग संकलन गरिएको छ ।

भोटेकोशी– ५ निवासी पेम्बा डोल्मा शेर्पालाई उपचारको लागि संकलन गरिएको उक्त आर्थिक सहयोगमा सिटी एक्सप्रेस मनी ट्रान्सफरले रकम थप गरी कुल दुई लाख १० हजार रुपियाँ पीडितलाई हस्तान्तरण गरियो ।

श्रेष्ठ, समाज र ग्रुपबाट संकलन भएको कुल एक लाख ९६ हजार ९६४ इराक सुलेमानीयाबाट सिटी एक्सप्रेसको अधिकारीक एजेन्ट अल ताईफमार्पmत प्राप्त भई र सिटी एक्सप्रेसबाट १३ हजार ३६ रुपियाँ थप गरी कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनले क्यान्सर पीडित ४८ बर्र्षीय पेम्बा डोल्मा शेर्पालाई हस्तान्तरण गरे ।

विगत दुई वर्षदेखि सिटी एक्सप्रेस मनि ट्रान्सफरले इराकस्थित अल ताईफ इस्लामिक बैंकसँग विप्रेषण सहकार्य गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement