एनआईसी एशियाका ग्राहकलाई विराटनगरको होटल ह्यारिसनले ३० प्रतिशतसम्म छुट दिने

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंक र होटल ह्यारिसन प्यालेस, बन्जारा चोक विराटनगरबीच बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा कर्मचारीलाई होटल ह्यारिसन प्यालेसका विभिन्न सेवा सुविधाहरुमा ३० प्रतिशतसम्मको सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश १ का प्रादेशिक कार्यालयका प्रमुख दीपक थापा र होटल ह्यारिसन प्यालेसको तर्फबाट होटलका म्यानेजर प्रदीप पोखरेलज्यूले हस्ताक्षर गरेका हुन् ।

यसबाट प्रदेश १ को मुख्य शहर विराटनगर घुम्न जानुहुने बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २९५ शाखा कार्यालयहरु, ३२० एटिएम, ५५ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

१७ लाखभन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement