कस्मिरमा भारत र पाकिस्तान युद्ध नजिक, यस्तो छ कारण ?

Advertisement

काठमाडौं । कस्मिर मामिलामा भारत र पाकिस्तान युद्ध नजिक पुगेका छन् । भारत प्रशासित कस्मिरमा भारतले नर संहसार गर्न लागेको, पाकिस्तानी क्षेत्रमा प्रवेश गरेर भारतीय सेनाले बमबारी गरेको लगायतका आरोप पाकिस्तानले लगाएको छ । उता, भारतले भने कस्मिर मामिला आफ्नो नीजी भएकाले अनावश्यक टिप्पणी नगर्न पाकिस्तानलाई चेतावनी दिईरहेको छ । भारतभर ‘कस्मिरपर फाइनल फाइट’ ह्यास ट्याग ट्रेण्डिङमा छ । जम्बु कस्मिरमा टेलिफोन र इन्टरनेटको लाइन समेत काटिएको छ ।

अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको विवाद समाधानका लागि आफुले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने बताईरहेका छन् । तर भारतले भने कस्मिर मामलामा भारत र पाकिस्तान बाहेक अरु कसैसँग कुरा नगर्ने स्पष्ट पार्दै आएको छ । पछिल्ला दिनमा भारतले पाकिस्तानमा सेनाको संख्या ह्वात्तै वृद्धि गरेको छ । जसलाई पाकिस्तानले नरसंहारको तयारी भनिरहेको छ । गलत समयमा भारतले आफुँसग निहुँ खोजेको पाकिस्तानको आरोप छ । पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिको बैठकले भारतलाई इँटाको जवाफ पत्थरले दिने घोषणा गरेको छ ।

यस्तो छ कारण ?
खासमा कस्मिरका नागरिकले पाउँदै आएको बिशेषाधिकार खोस्ने भाजपा सरकारको तयारीले कस्मिरमा पछिल्लो तनाव उत्पन्न भएको हो ।
कस्मिरको बिशेषाधिकार खोस्ने तयारी जारी रहँदा भारतले सो क्षेत्रमा व्यापक मात्रामा सेना तैनाथ गरेको छ । त्यस्तै कस्मिरका नेताहरुलाई नजरबन्दमा राखेको छ ।

सन १९५४ मा भारतीय राष्ट्रपति राजेन्द्र प्रसादको आदेशमा अनुच्छेद ४५ ए लाई भारतीय संबिधानमा सामेल गरिएको थियो । कस्मिरका महाराज हरिसिंह र भारत सरकारबीच भएको सम्झौता अनुसार संबिधानमा त्यस्तो व्यवस्था गरिएको थियो । जसले कस्मिरका नागरिकलाई बिशेषाधिकार दिलाएको थियो ।

इो व्यवस्थाले कस्मिरमा बाहिरका कुनै पनि नागरिकले अचल सम्पति जोड्न पाउँदैनन् । बाहिरका व्यक्तिहरुले यहाँका महिलासँग विवाह गरेपनि सम्पति माथी भने उनीहरुको अधिकार रहँदैन् । संबिधानको यहि व्यवस्थालाई उल्टाएर भाजपा सरकारले कस्मिरमा जनसांख्यिक अतिक्रमण गराउन खोजेको आरोप छ ।

Advertisement

Advertisement

Advertisement