कमलपोखरीको महानगरीय प्रहरी वृत्तलाई मुक्तिनाथ विकास बैंकको हरित गार्डेन हस्तान्तरण

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाडौं महानगरपालिका वडां नं १, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीको अगाडि सडक पेटी बाहेकको खाली चौरमा बनाएको वातारण मैत्री हरित गार्डेन आज हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त गार्डेन प्रहरी वृत्तलाई हस्तान्तरण गरेको हो ।

यसका साथै बैंकले एक हजार थान पकेट डायरी पनि महानगरीय प्रहरी वृत सामुदायिक शाखालाई हस्तान्तरण गरेको छ । उक्त गार्डेन तथापकेट डायरी बैंकका सञ्चालक समितिका सदस्य नारायण कुमार श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले काठमार्डौ महानगरपालिका वडा नं १ काअध्यक्ष भरतलाल श्रेष्ठ र महानगरीय प्रहरी वृत सामुदायिक शाखा, कमल पोखरीका प्रमुख प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ पौडेललाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

यस हस्तान्तरण कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर राउत, महानगरीय प्रहरी परिसर टेकु काठमाडौंका प्रमुख प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेल, सामुदायिक सेवा केन्द्र नक्सालका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठ, सामुदायिक सेवा केन्द्र टुुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपाने लगायत स्थानीय नागरीक, समाजसेवी, वुद्धिजीवि तथा प्रहरी वृत्तका कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रममा अतिथिहरुले सामाजिक कार्यमा बैंकको सहभागीता उदारणीय रहेको भन्दै आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पुर्याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।

मुक्तिनाथ विकास बैंकले देशैभरी ११८ वटा शाखा, २२ वटा एटिएम र करिब सात लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बंैकिङ सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा सञ्चालनमा ल्याएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement