एलजीका टिभीहरुमा उत्कृष्टता थपिँदै, एप्पल एयरप्ले२ र होमकिट विश्वबजारमा

Advertisement

सियोल । एलजी इलेक्ट्रोनिक्सले एप्पल एयरप्ले२ र होमकिट विश्वबजारमा उपलब्ध गराउने घोषणा गरेको छ । यसले एलजीलाई होमकिट समर्थन गर्ने पहिलो टेलिभिजन निर्माता बनाएको कम्पनीले जनाएको छ ।

यो विशेषताहरु एलजी ओएलइडी टिभी, नानोसेल टिभी र यूएचडी टिभीमा उपलब्ध गराइएको छ । फर्मवेयर अपडेटपछि यी विशेषताहरु सन् २०१९ का थिङ्क–एआई क्षमता भएका एलजी ओएलइडी टिभी, नानोटिभी र यूएचडी टिभीमा उपलब्ध हुनेछ ।

एयरप्ले२का साथ एलजी २०१९ एआई टिभी भएका उपभोक्ताले सहजै आईफोन, आइप्याड, क्याकबाट एलजी टिभीमा जडान गरी हेर्नसक्नेछन् । यसबाट उपभोक्ताले सहजै आफ्नो इच्छाअनुसारको फिल्म, टेलिसिरियल आदि एलजी एआई टिभीमा एप्पल एयरप्ले डाउनलोड गरी प्रसारण गर्नसक्ने जनाइएको छ ।

प्रयोगकर्ताले सजिलै एप्पल पोडकास्ट, एप्पल म्युजिक र अरु प्रसारण सेवाहरु एलजी एआई टिभीमा सिङ्क गर्न सक्ने भन्दै एलजी कम्पनीले एयरप्ले२मा मिल्ने स्पिकर पनि सिङ्क गर्न सक्ने जनाएको छ ।

होमकिट प्रयोगकर्ताले सहजै आफ्नो स्मार्ट घरलाई होमएप अथवा सिरी प्रयोग गरी नियन्त्रण गर्न सक्नेछन् । एलजी एआई टिभी सहजै होमएपसँग जोड्न मिल्छ, जसले प्रयोगकर्ताहरुलाई साना टेलिभिजन कार्यहरु जस्तैः खोल्ने, बन्द गर्ने, आवाज नियन्त्रण गर्ने, जस्ता अनेकन विशेषता प्रदान गर्ने जनाइएको छ ।

एलजी टिभीमा होमकिट एससरिजका साथ दृश्यहरु स्वचालित गर्न सकिन्छ । एलजी टिभीले सधैं आफ्नो कहिल्यै नसकिने उत्कृष्टता प्रदान गर्नुका साथै प्रविधिक नविनतामा पनि अगाडि रहेको एलजी मोवाइल कम्युनिकेशन एण्ड होम इन्टरटेनमेन्ट कम्पनिजका अध्यक्ष ब्रेन नो बताउँछन ।

एयरप्ले२ र होमकिट सर्पोटका साथ आफूहरु उपभोक्तालाई दृश्य उत्कृष्टता प्रदान गर्न सीमाभन्दा अघि बढ्न तयार रहेको उनी बताउँछन् । एयरप्ले२ र होमकिटका सुविधा १४० देशहरुमा प्रदान गरिरहेको जनाउँदै एलजीले एलजी ओएलईडी टिभी तथा नानोसेल टिभीका उपभोक्ताले यो सुविधा लिनसक्ने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement