नेपाल एसबीआई बैंकको नाफामा १३.८४ प्रतिशतको वृद्धि

Advertisement

काठमाडौं । नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७४÷७५ मा बैंकले २ अर्ब ३ करोड रुपियाँ खुद नाफा गरेको थियो । यो बैंकको अघिल्लो वर्षको तुलनामा खुद नाफा १३.८४ प्रतिशतको वृद्धि हो ।

स्प्रेड दर घटेर ४.४३ प्रतिशतमा झरेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद ब्याज आम्दानी १४.६ प्रतिशतले बढाएर ४ अर्ब ७४ करोड ६९ लाख रुपियाँ पुर्याएको छ । सञ्चालन नाफा १३.४८ प्रतिशतले बढेर ३ अर्ब १३ करोड ३९ लाख रुपियाँ पुगेको छ ।

बैंकको सेयर पुँजी ८ अर्ब ४४ करोड रुपियाँ छ । विभिन्न रिजर्भसहित बैंकको कोर क्यापिटल १४ अर्ब २० करोड रुपियाँ छ । यस बैंकको प्रति सेयर नेटवर्थ १६७.६९ रुपियाँ, प्रतिसेयर आम्दानी २७.२६ रुपियाँ छ ।

Advertisement

Advertisement

Advertisement