'स्प्रेड रेट'मा पुर्नविचार गर्न बैंकर्स संघको राष्ट्र बैंकसँग आग्रह

Advertisement

काठमाडौं । नेपाल बैंकर्स संघले तोकेको निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरबीचको अन्तर (स्प्रेड रेट) गणनासम्वन्धी मौद्रिक नीतिको नयाँ व्यवस्था पुनर्बिचार गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गर्ने निर्णय गरेको छ ।

संघको बुधबार बसेको बैठकले स्प्रेड रेट हटाउने निर्णयले बैंकहरुको नाफामा भारी गिरावट हुने ठहर गर्दै यसलाई पुर्नविचार गर्न माग गर्ने निर्णय गरेको हो । नयाँ मौद्रिक नीति कार्यान्वयनका क्रममा राष्ट्र बैंकले सोमबार जारी गरेको परिपत्रअनुसार स्प्रेड रेटको नयाँ गणना विधिले बैंकिङ क्षेत्रमा मात्रै नभई अर्थतन्त्रमै समस्या पर्ने बैंकरहरुको ठहर छ ।

एशोसियशनको बैठकमा २८ वटै बाणिज्य बैंकका सिइओ एव प्रतिनिधिहरु सहभागी थिए । बैंठकले राष्ट्र बैंकले लागू गरेको स्प्रेड रेटको सुत्र परिवर्तन, बैंकले बीमा अभिकर्ताको काम गर्न नपाउने, बफर पुँजीकोष कायम गर्नुपर्ने जस्ता व्यवस्थाले बैंकको मुनाफा २४ देखि २५ अर्बले घट्न सक्ने भन्दै नाफा घट्दा बैंकिङ क्षेत्र मात्रै नभएर समग्र वित्तीय संस्थामा नकारात्मक असर पर्ने ठहर गरिएको हो ।

Advertisement

Advertisement

Advertisement