निसान किक्सका दुई सय भन्दा बढी मोटर नेपाली बजारमा

Advertisement

काठमाडौं । नेपालका लागि निसान मोटर्सद्वारा उत्पादित गाडीहरुको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले बिक्रि बितरण शुरु गरेको छोटो अवधिमा दुई सय २२ भन्दा बढी निशान किक्स मोटर नेपाली बजारमा बिक्री गर्न सफल भएको जनाएको छ ।

नेपाली बजारमा किक्स गाडीको बिक्री प्रारम्भ गरेको छोटो समयावधिमा नै ग्राहकहरुले निकै रुचाएको परिणामस्वरुप यति धेरै परिमाणमा नेपालको सडकमा निशान किक्स गाडी गुड्न थालेका हुन् । अहिले पनि निसान किक्सको परिवारमा ग्राहकहरु निरन्तर थपिँदै गएका छन् र भविष्यमा यसले नयाँ कीर्तिमान कायम गर्ने विश्वास कम्पनीले लिएको छ ।

किक्स गाडीले आफ्ना ग्राहकहरुलाई विशेष सुविधासहित आरामदायी सेवा प्रदान गरेको परिणामस्वरुप छोटो अवधिमा उल्लेखनिय सफलता प्राप्त गरेको छ । यसको फराकिलो भित्रीभाग, आकर्षक बाहिरी बनावट, आरामदायी र सुरक्षित बनावटले गर्दा ग्राहकहरुको रोजाईमा पर्न सफल भएको कम्पनीले जनाएको छ ।

यसरी निसान किक्सलाई आफ्ना ग्राहकहरुले गरेको माया र विश्वासप्रति आभार प्रकट गर्दै भविष्यमा पनि यस्तै स्नेह सहयोग र साथ पाईरहने अपेक्षासहित कम्पनीले सम्र्पुण ग्राहर्कहरुमा हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

Advertisement

Advertisement

Advertisement