बैंक अफ काठमाण्डूको नाफा १९३ करोड, सेयरधनीलाई एक अर्ब ३० करोड

Advertisement

काठमाडौं । बैंक अफ काठमाण्डूको नाफा १ अर्ब ९३ करोड पुगेको छ । बैंकले गत आर्थिक वर्षको असार मसान्त अवधीमा आफ्नो नाफा ६१ करोडले वृद्धि गरेको हो । जुन २०७५ असार मसान्तको भन्दा ४६.२१ प्रतिशतले बढी हो । २०७५ असार मसान्तमा बैंकले जम्मा १ अर्ब ३२ करोड मात्रै नाफा आर्जन गरेको थियो ।

बैंकको वितरण योग्य नाफा भने १ अर्ब ३० करोड पुगेको छ । ८ अर्ब ६ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ४ अर्ब ५५ करोड रुपैंयाँ रहेको छ । बैंकले ८२ अर्ब निक्षेप संकलन गरेर ७१ अर्ब कर्जा लगानी गर्दा सिडी रेसियो ७५.८० प्रतिशत कायम गरेको छ ।

बैंकको खराब कर्जा १.५० प्रतिशत छ भने आधार ब्याजदर ९.९८ प्रतिशत छ । ४.४० प्रतिशत स्प्रेडदर कायम गरेको बैंकको कस्ट अफ फण्ड भने ७.२६ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी २४.०४ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १७३.७२ रुपैंयाँ छ ।

Advertisement

Advertisement

Advertisement