चिलिमे जलविद्युत कम्पनीको खुद नाफामा २२.८९ प्रतिशतको गिरावट

Advertisement

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको खुद नाफा २२.८९ प्रतिशतले घटेको छ । घिल्लो आर्थिक वर्षको यही अवधिमा चिलिमेले ९२ करोड ८३ लाख रुपियाँ खुद नाफा कमाएको थियो । गत वर्ष नाफा घटेर ७१ करोड ५७ लाख रुपियाँमा सीमित भएको छ । आयोजनाले १५ बर्षसम्म रोयल्टी र करमा पाएको छुट समाप्त हुँदा चिलिमेलाई मार परेको हो ।

चार अर्ब ७५ करोड चुक्ता पूँजी र चार अर्ब ५५ करोड सेयरधनी कोष रहेको  छ । चिलिमेले रसुवागढी, मध्य भोटेकोशी, सान्जेन, माथिल्लो सान्जेन गरी २७० मेगावाटका आयोजनाहरु निर्माण गरिरहेको छ ।

चिलिमेको प्रतिसेयर आम्दानी २३ रुपियाँबाट १५ रुपियाँमा झर्दा सेयरको मूल्य आम्दानी अनुपात ३३.७४ गुणाबाट ३४.६३ गुणा पुगेको छ । उसको प्रतिशेयर नेटवर्थ पनि २२५ रुपियाँबाट १९५ रुपियाँमा झरेको छ ।

विद्युत बिक्रीबाट हुने आम्दानी २.८१ प्रतिशतले बढेर १ अर्ब १७ करोड ४ लाख रुपियाँ पुगे पनि कर दायित्व बढेकाले नाफामा कमि आएको हो ।  कम्पनीले सेयर पुँजी पनि २० प्रतिशतले बढाएर ४ अर्ब ७५ करोड ८१ लाख पुर्याएको छ । अघिल्लो वर्ष सेयर पुँजी ३ अर्ब ९६ करोड ५१ लाख रुपियाँ थियो ।

चिलिमेको प्रतिसेयर आम्दानी १५ रुपियाँ ४ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १९५ रुपियाँ ८१ पैसा रहेको छ ।

Advertisement

Advertisement

Advertisement