बैंकर्सको विज्ञप्तिले सेयर बजारमा पहिरो गएपछि कारवाहीका लागि बोर्डले थाल्यो छलफल

Advertisement

काठमाडौं । नेपाल बैंकर्स संघले जारी गरेको विज्ञप्तिमाथी नेपाल धितोपत्र बोर्डले अध्ययन थालेको छ । बैंकर्सको विज्ञप्तिले सेयर बजारमा नकारात्मक असर परेपछि बोर्डले अध्ययन थालेको हो । बैंकर्स संघले बुधबार विज्ञप्ति निकाल्दै राष्ट्र बैंकको सर्कुलरमाथी प्रतिक्रिया जनाउँदै पुँजी बजारमा नकारात्मक असर गर्ने बताएका थिए ।

बैंकर्स संघको विज्ञिप्तिमा लेखिएको थियो–‘७५ प्रतिशत सेयर बजार ओगटेको बैंक तथा वित्तिय संस्थाहरुको सेयर मूल्यमा उल्लेख्य गिरावट आई समग्र पुँजी बजारमा नकारात्मक असर पर्ने देखिन्छ ।’ बैंकर्सको यहि विज्ञप्तिका कारण बिहिबार सेयर बजारमा ९.९२ प्रतिशतले सेयर बजार ओरालो लागेको छ । ‘बैंकर्स संघकै विज्ञप्तिले बिहिबार सेयर बजारमा पहिरो गयो, अब धितोपत्र बोर्ड चुप लागेर बस्न हुन्न’, सेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा प्रसाद फुल्लेलले भने ।

धितोपत्र बोर्डका प्रवक्ता निरज गीरीले बैंकर्सको विज्ञप्तिबारे छलफल भएको तर आफु त्यसमा सहभागी हुन नपाएको बताए । ‘छलफल गर्ने भन्ने चाँही थियो तर म बस्न भ्याइन, बोर्डले बैंकर्सको विज्ञप्तिबारे छलफल चाँही गर्ने भन्ने छ’, बोर्डका प्रवक्ता गिरीले भने ।

श्रोतका अनुसार बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले बैंकर्सको विज्ञप्तिले गम्भिर बनाएको बताएका छन् । एक्ला एक्लै बोल्दा कारवाहीको डर हुने भएकाले बैंकर्सले संघ मार्फत विज्ञप्ति निकालेर पुँजी बजारमा नकारात्मक प्रभाव पारेको बताएका छन् । उनले नेपाल राष्ट्र बैंकसँग समन्वय गरेर बैंकर्स संघको विज्ञप्तिमाथी एक्सन लिने तयारी थालेका छन् । सेयर बजारका लगानीकर्ताहरुले पनि बैंकर्सको विज्ञप्ति विरुद्ध बोर्डलाई तत्काल कडा एक्सन लिन दबाव दिईरहेका छन् ।

Advertisement

Advertisement

Advertisement