रारामार्ट अनलाइन सपिङ नेपालमा पनि, एक लाख रुपियाँसम्मको बीमा सुविधा

Advertisement

काठमाडौं । अनलाईन सपिङ रारामार्ट डट्कमले पहिलो पटक स्वास्थ्य बीमासहितको नयाँ प्याकेस सार्वजनिक गरेको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै रारा इन्कर्पोरेशन नेपाल प्रालिले ‘सपिङ पनि, निःशुल्क स्वास्थ्य बीमा पनि’ कार्यक्रम सार्वजनिक गरेको हो ।

नेपाली युवाहरुको अगुवाईमा जापानबाट सुरु भएको रारामार्ट ब्राण्डले नेपालबाट समेत सेवा प्रारम्भ गरेको छ । रारामार्ट डट्कमले नेपाली बजारमा आफ्नो पोर्टलबाट सामान खरिद गर्ने ग्राहकहरुका लागि स्वास्थ्य बीमा योजना ल्याएको हो ।

रारामार्ट नेपालका अध्यक्ष उद्योगपति प्रदिपजंग पाण्डेले प्रिमियर ईन्स्योरेन्स कम्पनीसँगको सहकार्यका निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम ल्याईएको जानकारी दिए । उनले रारामार्टले पहिलो पटक काठमाडौंमा निःशुल्क तथा २४ घण्टे डेलिभरी सुबिधा सुरु गरेको बताए ।

रारामार्टमा रहेका प्रोडक्टहरुको गुणस्तर र मूल्यबारे अध्यक्ष पाण्डेले भने, ‘वस्तुहरुको गुणस्तरियताको बिषयमा ध्यान दिएको छौँ तर कुनै पनि ग्राहकले हाम्रा अनलाईन बिक्रेताहरुबाट आफूले चाहेभन्दा फरक र गुणस्तरहिन वस्तु परे तुरुन्त सम्पर्क गर्न सक्नेछन् । साथै, हाम्रो प्रोडक्टमा एक हप्तासम्म गुनासो आएन भनेमात्र हामी हाम्रो गुणस्तरमा विश्वास गर्नेछौँ ।’

यो योजना अन्तरगत रारा मार्टबाट सामान किन्ने जोकोही ग्राहकले न्यूनतम २५ हजारदेखि अधिकतम एक लाख रुपियाँसम्मको बीमा सुविधा पाउने छन् । कम्पनीकाअनुसार सामान किन्ने व्यक्तिले मात्र नभएर पूरै परिवारको सदस्यहरुले समेत निःशुल्क स्वास्थ्य बीमा पाउने जनाइएको छ । तर त्यसका लागि ग्राहकले कम्तिमा २० हजारको सामान किनमेल गर्नुपर्ने राराले बताएको छ । बीमा योजना जुनकुनै रारा प्रोडक्टको खरिदमा प्राप्त गर्न सकिने छ ।

बीमा दाबी गर्दा ग्राहकले नेपालको कानुन, बीमा दाबी तथा बीमा समिति नेपालको निर्देशिकाहरुले गरेको व्यवस्था मुताविक प्रिमियम ईन्स्योरेन्स कम्पनीबाट प्रदान गरिने रारामार्टले बताएको छ । साथै, निःशुल्क बीमा योजनाअन्तर्गत नेपाल तथा भारतका जुनसुकै अस्पतालहरुबाट उपचार गराउँदा लाग्ने स्वास्थ्य उपचार खर्च बीमा रकमको सीमाभित्र रही उपचार खर्च प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

यसै अवसरमा रारामार्टले ‘रारा फ्राइडे, अनलाईन हाटबजार’ योजना समेत ल्याएको छ । यस योजना अन्तर्गत रारामार्टबाट सामान खरिद गर्ने ग्राहकले प्रत्येक शुक्रबार अधिकतम छुट पाउनेछन् ।अन्तर्राट्रिय बजारमा वर्षमा एकपटक ब्ल्याक फ्राइडे मनाएजस्तै रारामार्टले पनि नेपाली बजारमा प्रत्येक शुक्रबार रारा फ्राईडे अवधारणा ल्याइएको हो ।

रारा फ्राईडे योजना अन्तरगत रारामार्टका ग्राहकहरुले सामान खरिदमा अधिकतम ५० प्रतिशतसम्मको छुट् प्राप्त गर्ने छन् ।

Advertisement

Advertisement

Advertisement