अख्तियारले फाइल गायव बनाए पनि जोशीविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चले अघि बढाउने

Advertisement

काठमाडौं । सुनियोजितरुपमा रोकिँदैआएको पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ अघि बढेको छ।

उनीविरुद्धको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल सर्वोच्च अदालतलाई दिन आलटाल गर्दै आएको थियो । अख्तियारबाट मुद्दा चलाउने गरी भएको निर्णय फाइल पेस नभएका कारण सुनुवाइ अघि बढ्न सकेको थिएन् । २०६९ सालदेखि जोशीविरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको र पटक पटक फाइल पेश गर्न निर्देशन दिँदा पनि फाइल फेला नपरेको भन्दै अख्तियारले झुलाउँदै आएको थियो ।

अख्तियारले फेरि पनि फाइल फेला नपरेको भन्दै सर्वोच्चलाई जवाफ पठाएपछि सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले अख्तियारबाट फाइल नआए पनि सुनुवाइ अघि बढाउन बाधा नहुने निष्कर्षमा पुगेको हो ।

Advertisement

Advertisement

Advertisement